शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिताका लागि चार नेपाली बालबालिका भियतनाममा

  • प्रकाशित मिति : बुधबार, साउन २८, २०८२



  • काठमाडौँ । ‘जुनियर मोडल इन्टरनेशनल २०२५’ मा नेपालको झण्डा फहराउन चार जना प्रतिभाशाली बालबालिका भियतनाम प्रस्थान गरेका छन् । तासी नुर्वु शेर्पा, तोरेशा भण्डारी, सुहानी श्रेष्ठ र विपार्थ थापा मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भियतनामको दानाङ शहरतर्फ प्रस्थान गरेका हुन् ।

    भियतनामको दानाङमा अगस्ट १३ देखि १८ सम्म आयोजना हुने यस प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वका विभिन्न देशका बालबालिकाहरूको सहभागिता रहनेछ । नेपाली प्रतियोगीहरूले यस मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्नुका साथै नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेका छन् ।

    उनीहरूले आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउन नेपालका ऐतिहासिक सम्पदा, मौलिक कलासंस्कृति र साहसिक पर्यटन झल्किने विशेष भिडियो सामग्री समेत तयार पारेका छन् । उक्त सामग्रीले प्रतियोगितामा सहभागी अन्य राष्ट्रका प्रतियोगी तथा दर्शकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने विश्वास लिइएको छ ।

    बालबालिकाको टोलीलाई अन्तर्राष्ट्रिय मोडल तथा फेसन प्रशिक्षक राज फैजुले साथ दिएका छन् । यी चारै जना बालबालिका रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित ‘मिलेनियम किड्स इन्टरनेसनल २०२५’ तथा ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२५’ का विजेता हुन्, जसले उनीहरूलाई यो अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याएको हो । प्रतियोगितामा उनीहरूले प्रस्तुत गर्ने फेसनको अवधारणा डिजाइनर श्रीषा बैदारले तयार पारेकी हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij