शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पाँचखालमा साप्ताहिक कृषि हाटबजार

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १०, २०८३



  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालनमा ल्याइएको हो ।

    पाँचखाल नगरपालिकाको आयोजना, स्थानीय कृषि बजार सञ्चालक, व्यवस्थापन समिति पाँचखालको सहआयोजना तथा पाँचखाल–४ नं वडा कार्यालयको समन्वयमा हाटबजार सञ्चालनमा ल्याइएको हो ।

    पाँचखाल–४ का वडाध्यक्ष सुन्दर लामाले कृषि उपज सङ्कलन तथा पाँचखाल चोकस्थित बोहोरेदोभान जाने बाटोमा बजार सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार कृषि हाटबजारमा किसानले आफ्ना उत्पादनहरू सोझै उपभोक्तालाई बेच्न सक्नेछन् ।

    पाँचखालमा हाटबजार सञ्चालनपछि बिचौलियाको समस्या टर्दै जाने तथा किसानको भाउअनुसार उपभोक्ताले पनि सस्तोमा तरकारीलगायत कृषिजन्य उत्पादन खरिद गर्न पाउने जनाइएको छ । पाँचखालमा सञ्चालमा ल्याइएको हाटबजारमा भने शुक्रबार बिहानदेखि शनिबार साँझसम्म दुई दिन चल्ने जनाइएको छ ।

    पाँचखालमा शुक्रबार पहिलो र दोस्रो दिनमै किसान र उपभोक्ताको उत्साहजनक सहभागिता रहेको देखिएको छ । हाटबजारमा विशेषगरी अग्र्यानिक तरकारीको प्रदर्शनी तथा बिक्रीवितरण भइरहेको छ । हाटबजारमा अग्र्यानिक तरकारीको प्रदर्शनी तथा बिक्रीवितरण नियमित गराइने लामाले बताए ।

    यसअघि गत वैशख अन्तिम साता पाँचखाल नगरले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको थियो । नगर कार्यालयले लवग्रीन नेपालसँगको सहकार्यमा आयोजना गरेको मेलामा करिब २० हजारले अवलोकन गरेका थिए ।

    उक्त मेलामा आइपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजको प्रदर्शनी तथा बिक्री, बाली शिविर सञ्चालन, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रमसेमत सञ्चालन गरिएको थियो । पाँँचखालका नगरप्रमुख महेश खरेलले ‘पाँचखाल नगर कृषि सहर’ भएकाले यहाँको तरकारीमा न्यून विषादीमा रहेको तर्क गरेका छन् ।

    “पाँचखालको तरकारीमा अत्यधिक विषादी भएको भनेर हल्ला चलाइए पनि केही वर्षदेखि पाँचखालको तरकारी सेमी आग्र्यानिक भएको छ, विषादीको भ्रम चिर्न हामीले अग्र्यानिकमा जोडबल गरिरहेका छौँ”, खरेलले भने ।

    उनका अनुसार किसानको मागलाई सम्बोधन गर्न नगरले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउने बताउँदै किसानलाई प्रोत्साहन गर्न ‘दुईदिने साप्ताहिक कृषि हाटबजार’ सञ्चालनमा ल्याइएको बताए । यसअघि जिल्लाको बनेपा नगरले विगत दुई वर्षदेखि बनेपास्थित लायकु मञ्चमा तथा जिल्लाकै मण्डनदेउपुर नगरको पर्यटकीयस्थल नगरकोटमा शुक्रबार अग्र्यानिक कृषिजन्य हाटबजार सञ्चालन गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij