मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

गाडीले ठक्कर दिँदा दुई जना घाइते

  • प्रकाशित मिति : शुक्रबार, साउन ८, २०८३



  • कुश्मा, पर्वत साउन ८ गते । पर्वतको कुश्मा नगरपालिकाको अर्मादीस्थित मध्य पहाडी लोकमार्गमा बालेरो जिप र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बाइकमा सवार दुई जना घाइते भएका छन् ।

    कुश्मा नगरपालिका –१ अर्मादीमा नेर कुश्माबाट बागलुङ जाँदै गरेको ध १ ज ११२६ नम्वरको बोलेरो गाडी र विपरित दिशाबाट आउँदै गरेको ग १४ प ७१६२ नम्वरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए । दुई सवारी ठक्कर खाँदा मोटरसाइकल चालक वर्ष २६ का मिलन गोतामे र बाइक पछाडि सवार वर्ष २० की निरुता गोतामे घाइते भएको छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख विजय यादवका अनुसार घटनास्थलमा उद्धार टोली परिचालन गरी घाइते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पताल पर्वत कुश्मा पुराइएको छ । घाइते हुनेहरुमा म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका २ का वाइक चालक मिलन गोतामेको दायाँ घुडामा र मुखमा चोट लागेको छ भने बाइक पछाडि सवार सोही ठेगाना भएकी निरुता गोतामेलाई दायाँ खुट्टामा चोट लागेको छ । अस्तपातका अनुसार दुवै घाइतेको स्वास्थ्य अवस्था मध्यम छ ।

    बाग्लुङ जिल्ला बरेङ गाउँपालिका –५ घर भएका बोलेरो चालक लोकेन्द्र खत्रीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij