आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वैज्ञानिकको दाबी : यहाँ छ हराइरहेको मलेसियन एयरलाइन्सको विमान

  • प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४



  • एजेन्सी

    सिडन्ी, वैशाख १० – नयाँ प्रमाणहरुले हराइरहेको मलेसियन एयरलाइन्सको विमानको सम्भावित स्थान पत्ता लागेको अस्ट्रेलियन वैज्ञानिकहरुको बताएका छन् ।
    उनीहरुका अनुसार मलेसियन एयरलाइनसको विमान पछिल्लो पटक खोजी गरिएको स्थानभन्दा उत्तरमा रहेको छ ।

    एमएच ३७० विमान क्वाललम्पुरबाट बेइजिङतर्फ उडान भर्ने क्रममा सन् २०१४ मा २३९ यात्रुसहित बेपत्ता बनेको थियो ।


    अस्ट्रेलिया, मलेसिया र चीनले गत जनवरीमा विमान खोजी कार्यलाई बन्द गरेको थियो ।

    तर, अहिले वैज्ञानिहरुले गत डिसेम्बरमा प्रकाशित एउटा रिपोर्टलाई अध्ययन पश्चात समर्थन गरेका छन् ।

    फेला परेको विमानको भागको रेप्लिका बनाएर गरिएको अध्ययनले विमान पछिल्लो पटक खोजी गरिएको स्थानभन्दा २५ हजार वर्ग किलोमिटर उत्तरमा दक्षिणी हिन्द महासागरमा रहेको छ ।

    रिपोर्ट सार्वजनिक भएपछि अस्ट्रेलियाका यातायात मन्त्री ड्यारेन चेस्टरले यसले विमानको वास्तविक स्थान नदेखाए पनि नयाँ खोजीको आधार बन्न सक्ने बताएका थिए ।

    शुक्रबार उनले सोही कुरा दोहोराउँदै रिपोर्ट मलेसिया पठाइएको बताए । मलेसिया मुख्य खोजिकर्ता भएकाले उसले आग्रह गरे खोजिकार्य शुरु गर्न सकिने उनको भनाई थियो ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij