शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बैतडीमा बाह्र दिनदेखि मोबाइल सेवा अवरुद्ध

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ५, २०७४



  • बैतडी । नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पुर्‍याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ ।

    गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा रहेको टावरमा क्षति पु¥याउँदा फोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरेले बताए ।

    उनले भने, ‘अवरुद्ध फोन सेवा सुचारु गर्नका लागि धनगढीबाट प्राविधिकको टोली आउने भएकाले अझै एक–दुई दिन लाग्छ ।’

    मोबाईल सेवा अवरुद्ध हुँदा सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाको केही क्षेत्रलगायत स्थानीय बासिन्दा सञ्चारविहीन भएका स्थानीयवासी जयराज अवस्थीले जानकारी दिए ।

    सतबाँझमा रहेको टावरले काम नगर्दा सुर्नया गाउँपालिकाको शिखरपुर, शङ्करपुर, रौलेश्वर, वासुलिङ्ग, भौनेलीलगायत क्षेत्र, पाटन नगरपालिकाको गुजर, सिद्धेश्वरलगायत ठाउँमा समेत फोनसेवा अवरुद्ध भएको छ भने सिल्लेकमा रहको टावरले काम नगर्दा दोगडाकेदार गाउँपालिकाका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् ।

    फोन सेवा अवरुद्ध हुँदा हजारौँ ग्राहकलाई समस्या हुुनाका साथै सञ्चारविहीन भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij