प्रकाशित मिति : आइतवार, भदौ २६, २०७३
सिटीका संस्थापक अध्यक्ष तुलसीराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले वातवारणमैत्री साइकल यात्रा एउटा यात्रा मात्र नभएर पर्यावरण प्रवर्धन र संबर्धनका लागि सन्देश फैलाउने अभियान भएको बताएका छन । उनीहरुले केसीको यस कार्य सबैका लागि प्रेरणाको स्रोत हुने पनि बताए ।
कार्यक्रममा लायन्स क्लब अफ घोराहीका पूर्वअध्यक्ष बद्रकुमार खड्का र सुशील प्रकाश आचार्य, क्लबका अध्यक्ष लव अधिकारी, उपाध्यक्ष लोकेन्द्र बिसी, कोषाध्यक्ष प्रकाश देवकोटालगायतले बिदाइ गर्नुभएको थियो । साइकल यात्री केसीले आफ्नो यात्रा मेची पुलबाट भदौ २८ गते शुरु गरी असोज ९ गते महाकालीमा समापन गर्ने जानकारी दिनुभयो । मेची नदीको पानी महाकालीमा मिसाएर राष्ट्रिय एकताको सन्देश दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij