शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

२० लाख ९६ हजार पर्ने रेनोको नयाँ गाडी बजारमा

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४



  • रेनोको नेपालका लागि आधिकारिक बितरक विशाल ग्रुपको सहायक कम्पनी एडभान्स अटो मोबाइल्सले अल न्यू रेनो क्विड एएमटी सार्वजनिक गरेको छ । नयाँ रेनो क्विड एएमटी अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    नयाँ रेनो क्विड एएमटीमा ईजी–आर टेक्नोलोजी (इजि आर) ५, स्पीड एएमटी प्रविधि रहेको जनाइएको छ । यसको डयस माउन्टेड एएमटी डायलमा तीन प्रकारका मोड रहेका छन् ।

    रिजर्भको लागि आर न्यूट्रलका लागि एन तथा ड्राइभका लागि डी रहेको छ । यस्तै, सहज रुपमा गाडी चलाउने डिजाइन बनाईएको पनि कम्पनीले जनाएको छ ।


    यो गाडी चलाउँदा सजिलो र नियमित एक्सिलेरेसनको अवस्थामा अत्याधुनिक कन्ट्रोल यूनिटले स्वचालित रुपमा गीयर सिफ्ट गर्ने जनाइएको छ । रेनो क्विड एएमटी रेन्जको शुरुवाती मूल्य २० लाख ९६ हजार ५ सय रुपैयाँ छ ।

    रेनो क्विड एएमटी डाइनामिक परफरमेन्स, उच्चतहको शक्ति, र साहसिक यात्राको अनुभव लिने गरि रणनीतिक रुपमा डिजाइन गरिएको कम्पनीको दावी छ । क्विड एएमटी २ संस्करणमा उपलब्ध रहेको छ ।

    रेनो क्विड १.० लिटर एएमटी आरएक्सटी ओ तथा रेनो क्विड १.० लिटर एएमटी आरएक्सएल छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij