शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अनलाइनबाट चार महिनामा एक सय ४४ उद्योग दर्ता

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २८, २०७४



  • उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ। माघ २ गतेदेखि अनलाइन प्रणाली सुरु गरेको विभागले चार महिनामा १४४ उद्योग दर्ता गरेको हो।

    विभागका प्रवक्ता दुर्गाप्रसाद भूषालले अनलाइन माध्यम सुरु गरेदेखि उद्योग दर्ता गर्ने क्रम बढेको बताए। विभागमा हाल ठूला २७, मझौला ३२ र साना ८५ उद्योग अनलाइनमार्फत दर्ता भएका छन्।

    विभागले १० करोडदेखि २५ करोड लगानी भएको मझौला तथा २५ करोडदेखिमाथि लगानी भएको ठूला उद्योगलाई मात्र दर्ता गर्दै आएको छ भने विदेशी लगानीमा सञ्चालित साना उद्योगलाई समेत दर्ता गर्दै आएको छ।

    विभागमा चालु आर्थिक वर्षको दश महिनामा अनलाइनबाट १४४ सहित ४१८ उद्योग दर्ता भएका छन्। जसमध्ये ठूला ८६, मझौला ७५ र साना २५७ उद्योग दर्ता भएको प्रवक्ता भूषालले बताए। गत आर्थिक वर्षमा विभागबाट ४१० ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योग दर्ता भएका थिए।

    संविधान निर्माण र लोडसेडिङको अन्त्यसङ्गै स्वदेशमा औद्योगिकमैत्री वातावरण बन्दै गएकाले उद्योग दर्ता गर्ने क्रम बढेको विभागले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij