शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एनसेलले ल्यायो ‘वानप्लान’,अब सुलभ दरमा डेटा, भ्वाइस र एसएमएसको कम्बो प्याक

  • प्रकाशित मिति : बिहिबार, असार १, २०७४



  • एनसेल प्राइभेट लिमिटेडले सुलभ दरमा गुणस्तर सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आकर्षक साप्ताहिक ‘वानप्लान’कम्बो प्याक ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याकमार्फत लिन सक्नेछन् ।

    यहिबिहीबार (असार ०१) देखि लागु हुने वान प्लान प्याक एनसेलका सबै प्रिपेड र पोष्टपेड ग्राहकका लागि मान्य हुनेछ । यसका साथ–साथै यो योजनाअन्तर्गत प्याक सुचारु गर्ने ग्राहकले एक हप्तासम्म योण्डर म्युजिक एपमा निःशुल्कअनलाइन गीत संगीतको मजा लिन सक्नेछन् ।

    वानप्लान योजनाअन्र्तगत, एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार वानप्लान १५०, वानप्लान ३०० र वानप्लान ५०० गरी तीन वटा प्याकहरु लिन सक्नेछन् ।

    वानप्लान १५० प्याकमा ग्राहकले एक हप्ताको प्याक रु १५० मा लिएर ५०० एमबी डेटा, १०० मिनेट अन नेट टक टाइम र २०० वटा अन नेटएसएमएस सेवाको मजालिन सक्नेछन् । त्यस्तै वानप्लान ३०० अन्तर्गत ग्राहकले रु ३०० मा १५०० एमबी डेटा, ३०० मिनेट अन नेट टक टाइम र ६०० वटा अन नेट एसएमएस पाउनेछन् ।

    त्यसैगरी, ग्राहकले वानप्लान ५०० अन्तर्गतमात्ररु ५०० मा ३००० एमबी डेटा, ६०० मिनेट अन नेट टक टाइम र १२०० वटा अन नेट एसएमएस सेवाप्राप्तगर्नेछन् ।

    वानप्लान योजनाअन्तर्गत कुनै पनिप्याक सुचारु गरेका ग्राहकले एक हप्तासम्म योण्डर म्युजिकमा निःशुल्कअनलाइन गीतहरुको मजालिन सक्नेछन् । योण्डर म्युजिकएप १५,००० भन्दा बढि नेपाली गीत संगीतहरु सहित २ करोडभन्दा बढि गीतहरु समावेश गरिएको डिजिटल म्युजिकलाइब्रेरी हो ।

    उल्लेखित वान प्लान प्याकका शुल्कहरु सबै कर सहित हुन् र प्याक सुचारु भएको दिन देखि एक हप्ताको लागि मान्य हुनेछ ।

    ‘‘डेटाको साथै भ्वाइस र एसएमएस सेवाको बढ्दो मागलाई संबोध नगर्नका लागि हाम्रा ग्राहकहरु माझ यी कम्बो प्याकहरु ल्याउन पाउँदा हामी खुसि छौ । यसले ग्राहकलाई थप लाभ प्रदान गर्नेछ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

    वान प्लान प्याकले दिने लाभबाट फाइदा लिनका लागि ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी त्यसपछि अंग्रजीअंक ४ (फोर) थिचेर आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार प्याकहरु जति पटक पनिकुनै पनि वान प्लानप्याक सुचारु गर्न सक्नेछन् ।

    प्याकअन्तर्गत प्राप्त सेवाहरु एक हप्ताको समयसिमाभित्रै प्रगोग गरी सक्नुपर्नेछ । यो अफर लागु भएको दिन देखि ३० दिनको लागिमान्य हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij