प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३
काठमाडौं । गोरेटो अनि उस्तै छ, गल्ली तिमी कतै बदलियौकी’ का गायक सुनिल बर्देवाको निधन भएको छ । गायक बर्देवाका उपचारको क्रममा महारजगंजस्थित टिचिङ अस्पतालमा मंगलबार साँझ ८ बजेर ४५ मिनेटमा निधन भएको हो ।
केहि समय अघिदेखि जन्डिसबाट ग्रसित बर्देवाले मंगलबार अचानक रगत वान्ता गरेपछि उनलाई टिचिङ अस्पतालमा भर्ना गरिएको थियो ।
वर्देवाको श्रीमतीको पनि दुई वर्षअघि निधन भएको थियो । उनका एक छोरी र एक छोरा छन् ।
वर्देवाले सन् १९९९ बाट आफ्ने सांगितीक यात्रा सुरु गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij