शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

वर्षाका कारण विद्युत् प्रणालीमा समस्या आयोः प्राधिकरण

  • प्रकाशित मिति : मङ्लबार, असार २७, २०७४



  • वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा केही समस्या पैदा भएको छ ।

    मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण विद्युत् उत्पादन रोकिएको तथा समस्या उत्पन्न भएको भन्दै प्राधिकरणले विद्युत्भार कटौती नै गरियो कि भनेर आशङ्का नगर्नसमेत आग्रह गरेको छ ।

    वर्षाका कारण माथिल्लो मादीको एउटा युनिटबाट विद्युत् उत्पादन बन्द भएको छ । सो युनिट बन्द हुँदा २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनबाट विच्छेद हुन पुगेको छ । सोमबारसम्म तल्लो मोदीबाट उत्पादन हुने विद्युत् प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेको थियो । मर्मतसम्भारपछि सो आयोजना सञ्चालनमा आएको थियो ।

    जलविद्युत् केन्द्रका उत्पादनमा केही सुधार भए तापनि अझै करिब ३५ मेगावाट विद्युत् प्रणालीमा उपलब्ध हुन सकेको छैन । त्यसमा माथिल्लो मोदी र अन्य केही आयोजनासमेत रहेका छन् । एक साताअघि सम्म करिब ३०० मेगावाट विद्युत् निजी क्षेत्रको उत्पादन प्रणालीमा जोडिएको भए पनि यही असार २६ गते आइतबारदेखि करिब २६५ मेगावाट मात्र उपलब्ध हुँदै आएको छ ।

    यस्तै, कोहलपुर–महेन्द्रनगर दोस्रो सर्किट अयोजनाले नयाँ पहलमानपुर सबस्टेसनमा जोड्ने कार्यका लागि लम्की–अत्तरिया १३२ केभी प्रसारण लाइन बन्द गरिएको छ । सो प्रसारण लाइन बन्द भएपछि टनकपुरबाट आयात गरिएको विद्यत् अपुग भएमा महेन्द्रनगर, अत्तरिया लगायतका केही क्षेत्रमा विद्युत् कटौती हुन सक्ने भार प्रेषण केन्द्रले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij