शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ग्राहकको रोजाइमा ‘फोर्ड फिगो’

  • प्रकाशित मिति : शुक्रबार, असार ३०, २०७४



  • विश्वभरीमै कार बजारमा राम्रो हिस्सा ओगट्न सफल फोर्ड नेपालमा पनि लोकप्रिय छ। फोर्डको धेरै रुचाइएको मोडलमध्ये ‘फिगो’ एक हो। फिगो फोर्डको पहिलो सानो गाडी हो।

    यो पेट्रोल र डिजेल दुवै संस्करणमा उपलब्ध छ। भारतमा २००९ मा लन्च भएको फिगो नेपालमा २०१० मा भित्रिएको थियो।

    अटोमोवाइल कम्पनीहरुमध्ये फोर्डले यहाँ तेस्रो स्थान ओगटेका नेपालका लागि जीअो अटोमोवाइल्सका जीएम सुनिल बहादुर क्षेत्रीको दावी छ।

    फिगो ग्राहकहरुले निकै रुचाएको क्षेत्रीको भनाई छ। उनका अनुसार फिगोले विश्वव्यापी सफलता पाएपछि फोर्डले २०१५मा यसलाई अझ परिमार्जन गरेको थियो। परिमार्जित फिगोमा इन्जिन, स्पेस, ह्याण्डलिङलगायतका फिचरमा सुधार गरिएको छ।

    फिगोको रेगुलर मेन्टेनेन्स र स्पेयर पार्ट्सको मूल्य निकै कम भएको क्षेत्रीले बताए। अन्य प्रतिस्पर्धी गाडीभन्दा फिगोका स्पेयर पाट्र्स ६० देखि ७० प्रतिशत सस्तो रहेको कम्पनीले दाबी गरेको छ।

    २००९ देखि अहिलेसम्ममा करिब २ हजार २ सय वटा फिगो बिकेकोे जनाइएको छ। गत वर्ष राष्ट्र« बैंकले ल्याएको नयाँ मौद्रिक नीतिका कारण भने बिक्री एकदमै कम भएको क्षेत्रीले बताए।

    सात रङमा उपलब्ध फिगोको पेट्रोल इन्जिनको मूल्य २४ लाख ९९ हजार रुपैयाँ देखि ३१ लख ९९ हजारसम्म पर्छ। त्यस्तै, डिजेलको २८ लाख ४९ हजार देखि ३५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

    यो नयाँ फिगोमा सुरक्षाका सबै उपाय अपनाइएको कम्पनीको दाबी छ। यसमा स्टाण्डर्ड ड्राइभिङ एयरब्याग पनि समावेश गरिएको कम्पनीले जनाएको छ।

    के छन् बिशेषता?

    यो गाडीको लम्बाइ ३८८६, चौडाइ १६९५ र उचाइ १५२५ मिलिमिटर छ। यसको ह्वीलबेस २४९१ मिलिमिटर छ।

    ग्राउन्ड क्लियरेन्स १७४ मिमि भएको यो कारमा २५७ लिटरको बुटस्पेसे छ।

    फिगो पेट्रोल इन्जिनमा ४२ लिटर र डिजेलमा ४० लिटर क्षमताको इन्धन ट्‌यांकी छ। फिगोलाई उत्कृष्ट बनाउन फोर्डले यसका फिचरदेखि लुक्ससम्मका सबै भागमा ध्यान दिएको कम्पनीको भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij