शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बजाज र हिरोलाई उछिन्दै रोयल इन्फिल्ड बन्यो धनी कम्पनी

  • प्रकाशित मिति : सोमवार, साउन २३, २०७४



  • भारतीय दुईपांग्रे बजारमा आधिपत्य जमाउँदै आएका दुई घरेलु कम्पनी बजाज र हिरोलाई रोयल इन्फिल्डले उछिनेको छ। गत साता सेयर भाउ बढेपछि भारतीय बजारमा दुईपांग्रे उत्पादक कम्पनीमध्ये इन्फिल्ड सबैभन्दा धनी भएको हो।

    बेलायतमा प्रमुख कार्यालय भएको बहुराष्ट्रिय कम्पनी इन्फिल्डको भारतमा मातृसंस्था आइसर मोटर्स हो।

    आइसरको सेयर हालसम्मकै धेरै हुँदै झण्डै ८ प्रतिशतले बढेपछि इन्फिल्ड धनी दुईपांग्रे कम्पनी भएको अटोमोबाइल सम्बन्धी समाचारमाध्यम अटो एनडिटिभीले जनाएको छ।

    अहिले, आइसर भारतकै चौथो ठूलो अटोमोबाइल कम्पनी हो। पहिलो मारुति सुजुकी, दोस्रो टाटा मोटर्स र तेस्रो महिन्द्रा एण्ड महिन्द्रा छन्।

    सन् २०१७ जुलाइमा ६४, ४५९ वटा रोयल इन्फिल्ड बिक्री भएको आइसरले यस महिनाको सुरुआतमा जनाएको थियो। यो बिक्री गत वर्षको सोही महिनामा भन्दा २१ प्रतिशत बढी हो।

    बजारको धनी दुईपांग्रे कम्पनी भएका बारे इन्फिल्डले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij