शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यसरी निर्माण हुँदैछ ‘भारतकै महँगो फिल्म’ (भिडियोसहित)

  • प्रकाशित मिति : सोमवार, भदौ १२, २०७४



  • अभिनेता रजनीकान्त फिल्म ‘इन्थिरन’ (रोबोट) को सिक्वेल ‘२.०’ निर्माणमा व्यस्त छन्। रजनीका साथै अक्षय कुमार र एमी ज्याक्सनको मुख्य भूमिका रहने यो फिल्म आउँदो वर्ष रिलिज हुनेछ।

    करिब ४ सय करोड भारुको लागतमा बन्दै गरेको ‘२.०’ रिलिजपश्चात् भारतकै महँगो फिल्म हुनेछ।

    लाइका प्रोडक्सन्सको निर्माणमा बनिरहेको यो फिल्मका गीतमा एआर रेहमानले संगीत दिएका छन्।

    शंकरको निर्देशनमा बन्ने फिल्ममा अक्षय कुमार (रिचार्ड) नकारात्मक भूमिकामा छन्। उनको ‘लुक्स’ एकदमै अलग छ।

    रजनी (चिट्टी) रोबोट स्वरुपमा देखिएका छन्। यी दुई अभिनेताको ‘लुक्स’ मा फिल्म टोलीले निकै मिहेनत गरेको छ।

    यस्तै मिहेनतका केही झलक समावेश गरेर रजनीले आफ्ना दर्शकका निम्ति एक भिडियो बनाएका छन्। ‘२.०’ निर्माणक्रममा सेट र सुटिङ स्थलमा भएका विभिन्न गतिविधि भिडियोमा देख्न सकिन्छ।

    हेर्नुहोस् कसरी निर्माण हुँदैछ फिल्म ‘२.०’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij