शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

फेसबुकले दैनिक १० लाखभन्दा बढी एकाउन्ट बन्द गर्दै

  • प्रकाशित मिति : बुधबार, भदौ १४, २०७४



  • सामाजिक सञ्जाल फेसबुकले दैनिक १० लाखभन्दा बढी एकाउन्ट बन्द गर्न थालेको छ।

    सामाजिकरुपमा खतरनाक र हिंसाका विचारलाई बढावा दिने खालका एकाउन्टहरु बन्द गर्न सुरु गरेको कम्पनीका सुरक्षा प्रमुखले बताएका डेलीमेलमा उल्लेख छ।

    डेलीमेलका अनुसार नक्कली तथा झुटा, फसाउन, झुक्क्याउन, धम्की दिने, घृणा तथा हिंसा जस्ता नकारात्मक विचार फैलाउने खालका एकाउन्ट बन्द गर्न सुरु गरिएको हो। दुई अर्बभन्दा बढी प्रयोगकर्ता भएका फेसबुकमा लाखौं नक्कली एकाउन्ट छन्। यी सबै पहिचान गर्दै बन्द गर्न निकै कठीनाइ भने भएको कम्पनीले जनाएको छ। पहिचान नभएको खण्डमा अन्य एकाउन्ट पनि बन्द हुने ठूलो जोखिम कम्पनीले उठाउनु पर्नेछ।

    ‘दैनिक लाखौं मानिसबीच सम्पर्क हुन्छ। यी सबैका लागि नियम–कानुन बनाउन सकिन्न,’ फेसबुकका सुरक्षा अधिकारी एलेक्स स्टेमोसले भनेका छन्। दैनिकरुपमा नकारात्मक सन्देश फैलाउने खालका १० लाख एकाउन्ट बन्द गरिदैं आएको उनले पुष्टि गरेका पनि डेलीमेलले उल्लेख गरेको छ।

    यतिमात्र नभएर, कम्पनीका संस्थापक मार्क जुकरवर्गले फेसबुकमा जात, रङ, भाषासम्बन्धी द्वन्द्व फैलाउने खालका समस्या समाधान गर्न ३ हजार सहजकर्ता भर्ना गरेको पनि जनाएका छन्।

    फेसबुक प्रयोगकर्ताको संख्यासँगै यसबाट अपराध हुने जोखिम पनि बढ्दो छ। यो रोक्न कम्पनीले भरपुर प्रयास गरिरहेको कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij