शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सामसङको ‘नोट एट’ सोमबार नेपालमा सार्वजनिक हुँदै

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३०, २०७४



  • सामसङको बहुप्रतिक्षित फोन ‘नोट एट’ आउँदो सोमबार नेपालमा सार्वजनिक हुने भएको छ। अन्तर्राष्ट्रिय बजारमा करिब एक महिनाअघि नै सार्वजनिक गरिएको फोनलाई नेपाली बजारमा सोमबार मात्र लन्च गर्न लागिएको हो।

    नोट एटको सबैभन्दा आकर्षण पक्ष भनेको तीन क्यामेरा हुने सामसङको यो पहिलो फोन हो।

    यसमा १२ मेगापिक्सेलका दुई वटा रियर (पछाडि) क्यामेराको साथमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा अटाएका छन्। त्यस्तै फोनको अर्को रोचक कुरा भनेको यसमा समावेश ‘एस पेन’ हो।

    इन्फिनिटी डिस्प्ले फोनमा ६.३ इन्चको क्युएचडी सुपर एमोलेड इन्फिनिटी डिस्प्ले, ६ जीबी र्यामका साथमा ६४, १२८ र ३५६ जीबीको इन्टरनल स्टोरेज क्षमता छ।

    एन्ड्रोइड नोगट ७.१.१ भर्सनमा उपलब्ध यस फोनमा सामसङ इक्जिनस अक्टाकोर एसओसी प्रोसेसर समावेश छ।

    पानी तथा धुलो नपस्ने भनिएको यस फोनमा ३३०० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसमा वायरलेस चार्जिङको सुविधा समेत दिइएको छ।

    सामसङको यस फोन ब्राण्डको सबैभन्दा महँगो फोन हो। नोट एटलाई गत मंगलबार भारतमा सार्वजनिक गरिएको थियो। यस फोनको भारतीय बजार मूल्य ६७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। फोनको नेपाली मूल्य भने सोमबार नै एकीन हुनेछ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij