शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कम्प्यूटरमा नयाँ भाइरसको खतरा, फिरौतीमा प्रयोगकर्ताकै नग्न तस्वीर माग

  • प्रकाशित मिति : मङ्लबार, अशोज १०, २०७४



  • लन्डन, असोज १० । साइबर सुरक्षासँग सम्बद्ध कम्पनी मालवेयर हन्टरले एउटा नयाँ भाइरस पत्ता लगाएको छ, जसले कम्प्युटरमा आक्रमण गरेपछि प्रयोगकर्तासँग उसको नग्न तस्वीर माग गर्दछ ।

    उक्त भाइरसको नाम ‘एन रेन्समवेयर’ रहेको छ । यो भाइरसले आक्रमण गरेपछि कम्प्युटरका सबै सिस्टम ब्लक गर्दछ । कम्प्यूटर खोल्नासाथ ह्याकरको एउटा सन्देश देखिन्छ, जसमा कम्प्युटर ‘लक’ गरिएको र एउटा खास कोडले मात्र खोल्न सकिने उल्लेख हुन्छ ।

    स्क्रिनमा जारी सन्देशमा एउटा ईमेल आइडी पनि हुन्छ । सन्देशमा लेखिएको हुन्छ– ‘हामी तत्काल प्रतिक्रिया जनाउँदैनौं तर जब हामी प्रतिक्रिया जनाउँछौं, तपाईले आफ्नो १० वटा नग्न तस्वीर पठाउनुपर्ने हुन्छ । त्यसपछि तपाईले उक्त तस्वीर आफ्नै भएको प्रमाणित गर्नुपर्ने हुन्छ । त्यससपछि मात्र हामी तपाईलाई अनलक कोड दिनेछौं ।’

    मालवेयरको जाँच गर्ने ‘भाइरस टोटल’ र ‘हाइब्रिड एनालासिस’ जस्ता टुल्सले एन रेन्सम भाइरसलाई निकै खतरनाक श्रेणीमा राखेको छ ।

    साइबर सुरक्षा विशेषज्ञ जोन स्नोका अनुसार यो भाइरसले कम्प्युटर फाइललाई ‘लक’ गर्दैन तर कम्प्युटरमा प्रयोगकर्ताको पहुँचलाई नै बन्द गरिदिन्छ । एक रुसी कम्पनीका अनुसार यो भाइरसले विन्डोज प्रयोगकर्तालाई असर पुर्‍याउँदै आएको छ ।

    ह्याकरले कम्प्यूटर प्रयोगकर्ताको नग्न तस्वीर किन मागे भन्नेबारे अनुमानमात्र गर्न सकिने विज्ञहरु बताउँछन् । पीडितलाई सामाजिक रुपमा लाजमर्दो बनाएर उनीहरुबाट आर्थिक लाभ लिने उद्देश्यले ह्याकरले यस्तो कदम चालेको हुन सक्ने उनीहरुको अनुमान छ ।

    स्नोका अनुसार कम्प्युटरमा भाइरसले आक्रमण गरे पनि त्यस प्रकारको फिरौती दिनु हुँदैन । केस्पार्की नामक कम्पनीले फिरौती दिएपछि पनि ह्याकरले प्रयोगकर्ताको कम्प्युटर सिस्टम पुरानै अवस्थामा फर्काउने कुनै ग्यारेन्टी नहुने बताएको छ ।

    यो भाइरसबाट बच्नका लागि कुनै अपरिचित लिंकमा नजान विज्ञहरुले सुझाव दिएका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij