शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

क्यासिनो नेपालको समस्या समाधान गर्न निर्देशन

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • काठमाडौँ   ।  व्यवस्थापिका संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले क्यासिनो नेपाल÷नेपाल रिक्रिएसन सेन्टरका पूर्व कर्मचारीका उजुरीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, होटल सोल्टी, गृहमन्त्रालय र नेपाल प्रहरीलाई छलफलका लागि समितिमा बोलाएको छ ।

    सो विषयमा अध्यययन गर्न गठित उपसमितिले समिति समक्ष दिएको प्रतिवेदनका आधारमा थप छलफल गरी निष्कर्षमा पुग्न ती निकायलाई बोलाउने निर्णय गरेको हो ।

    समितिका सभापति सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले तत्कालीन क्यासिनो नेपाल÷नेपाल रिक्रिएसन सेन्टरका फरार सञ्चालक राकेश वाद्वालाई पक्राउ गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।
    होटल सोल्टीको प्राङ्गणमा रहेको सो क्यासिनो विसं २०६९ साउन महिनादेखि बन्द छ । आर डी टटल र राकेश वाद्वाबीचको विवादले क्यासिनो बन्द भएपछि त्यहाँ कार्यरत करिब एक हजार ६८ मजदुर बिचल्लीमा परेका छन् ।

    ती मजदूरले आफूलाई तलब उपलब्ध गराइदिन निवेदन दिएकाले समिति सदस्य नरबहादुर थापा मगरको संयोजकत्वमा ओङ्दी शेर्पा, कमला दोङ, कौशर शाह र खड्बहादुर बस्यालको सदस्य रहनुभएको उपसमिति गठन गरेको थियो । सो उपसमितिले २०७३ भदौ ३१ गते समिति समक्ष आफ्नो प्रतिवेदन पेस गरेको थियो ।

    सो प्रतिवेदनमा पर्यटन मन्त्रालयलाई क्यासिनो नेपालको समस्या समाधानका लागि पहल गर्न भनिएको छ । बैठकमा समितिका सदस्य अष्टलक्ष्मी शाक्यले क्यासिनो बन्द हुँदा मजदुरले रोजीरोटी गुमाउनु परेको हुँदा सरकारले तुरुन्त समस्याको समाधान निकाल्नुपर्छ भनिन् ।

    समितिका अर्का सदस्य कमला दोङले क्यासिनो बन्द हुँदा सोल्टी होटलले मजदूरलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिन् ।

    बैठकमा समितिका सदस्य उषा यादव, कमलाकुमारी घिमिरे,उषा यादव र कमला दोङ्ले उपसमितिले दिएको प्रतिवेदनका सुझाव र सरकारी धारणा बुझेर समितिले निर्णय गर्न सुझाव दिएका थिए । समितिको अर्को बैठक असोज ९ गते बिहान ८ बजे बस्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij