शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कलंकीको ‘अन्डरपास’ अब पाँच कलंकीको ‘अन्डरपास’ अब पाँच महिनामा

  • प्रकाशित मिति : बुधबार, कार्तिक १५, २०७४



  • उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

    चीन सरकारको सहयोगमा कलंकी चोकस्थित निर्माणाधीन ‘अन्डरपास वे’को निर्माण कार्य आउँदो मार्चसम्ममा पूरा हुने निश्चित भएपछि यात्रुले यो सुविधा उपभोग गर्न पाउने भएका हुन् । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार निर्माणाधीन ‘अन्डरपास वे’ को सम्पूर्ण कार्य अबको पाँच महिनाभित्र सकिनेछ ।

    आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले ‘अन्डरपास वे’को निर्माण कार्य द्रुत गतिमा अघि बढेको बताए । उनले भने, ‘कलंकी चोकस्थित ‘अन्डरपास वे’ दु्रत गतिमा निर्माण हुँदैछ । मार्च सम्ममा सवै काम सक्ने गरि काम हुँदैछ । पो पास वे बनेपछि कलंकी चोकमा हुने घण्टौंको सवारी जाम शुन्यमा झर्नेछ । यात्रुले बिना झण्जट यात्रा गर्न सक्नेछन् ।’

    आयोजनाका अनुासर ‘अण्डरपास वे’को निर्माण कार्य १० महिना अघिबाट सुरु गरिएको हो । यस अवधिमा ठेकेदार कम्पनीले ४० प्रतिशत काम सम्पन्न गरिसकेको छ । बाँकी ६० प्रतिशत काम भने अवको पाँच महिनाभित्र सम्पन्न हुनेछ ।

    आयोजना प्रमुख झाले भने,‘गएको १० महिनामा ठेकेदार कम्पनीले ४० प्रतिशत काम सकेको छ । यो अति जटिल काम हो । किनकी यस अवधिमा ‘अण्डरपास वे’को ‘वेसमेन्ट’ राख्ने काम भयो । बाँकी रहेको ६० प्रतिशत काम निक्कै सजिलो छ । यो अवको पाँच महिना भित्रै सकिनेछ ।’

    निर्माण अवधिको १० महिनामा ठेकेदार कम्पनीले ‘अण्डरपास वे’को खसिबजार तर्फ ‘क्लीयर’ गरिसकेको छ । यस तर्फ अव कलोपत्रे गर्न मात्रै बाँकी छ । ‘अण्डरपास वे’को माथिल्लो भाग पनि लगभग निर्माण भइसकेको छ । अव सितापाइला तर्फको भाग मात्रै ‘क्लीयर’ हुन बाँकी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij