शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेशनल मेडिकल कलेजको पक्षमा सर्वोच्चले दिएको आदेश रद्द गर्न शिक्षा मन्त्रालयको निवेदन

  • प्रकाशित मिति : बुधबार, कार्तिक २२, २०७४



  • काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज नगर्न सर्वोच्च अदालतले दिएको आदेश रद्द गर्न माग गर्दै शिक्षा मन्त्रालयले सर्वोच्चमै ‘भ्याकेट’ निवेदन दिएको छ।

    त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले उक्त कलेज खारेज गर्ने निर्णय गरेको थियो।

    खारेज गर्ने निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्चले आदेश गरेको थियो। उक्त आदेशलाई रद्द गर्न माग गर्दै मंगलबार शिक्षा मन्त्रालयले निवेदन दिएको सहसचिव हरि लम्सालले जानकारी दिए।

    सर्वोच्चको आदेशपछि शिक्षा मन्त्रालयले मापदण्डै नपुगेको काठमाडौं नेशनल कलेजलाई सम्बन्धन र मान्यता दिनु भन्दै मेडिकल काउन्सिलका नाममा चिठी लेखेपछि व्यापक आलोचना भएको थियो। मेडिकल शिक्षाका विकृति विरुद्ध लड्दै आएका डाक्टर गोविन्द केसीले शिक्षा मन्त्रीलाई फोन गरेर कति पैसा लिनु भयो? भन्दै सोधेका थिए।

    काठमाडौं नेशनलका विरुद्ध व्यापक दबाब बढेपछि शिक्षा मन्त्रालयले भ्याकेट लगेको हो। मेडिकल कलेज सञ्चालन गर्न कुनैपनि मापदण्ड पूरा नगरेको भन्दै त्रिविले उक्त कलेजको सम्बन्धन खारेज गरेको थियो।

    त्रिविको उक्त निर्णय कार्यान्वयन नगर्ने आदेश माग्दै नेशनल मेडिकल कलेजका सञ्चालक जैनुद्धिन अन्सारीले असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उनको रिटमाथि सुनुवाई गर्दै कात्तिक ८ गते न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सम्बन्धन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।

    मापदण्ड पूरा नगरेको उक्त कलेजलाई साउन १२ गतेको त्रिवि कार्यकारी परिषदले सम्बन्धन दिएको थियो।

    मेडिकल शिक्षाका विकृतिविरुद्ध लड्दै आएका डाक्टर केसीले सो सम्बन्धन फिर्ताको माग गर्दै १२ औँ अनसन बसेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सम्बन्धन खारेज गर्न त्रिविलाई निर्देशन दिएका थिए।

    त्रिविले आफ्ना कर्मचारीसहितको समिति बनाई स्थलगत निरीक्षण गर्न पठाएको थियो। समितिले पनि कलेज मापदण्ड पूरा नगरेको रिपोर्ट दिएपछि कलेजको सम्बन्धन खारेज भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij