शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

विदेशमा लगानी प्रतिवन्ध गर्ने ऐन खारेज गर्न उद्योगी व्यवसायीको माग

  • प्रकाशित मिति : बुधबार, कार्तिक २२, २०७४



  • उद्योगी व्यवसायीहरुले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन खारेज गर्न सरकारसँग माग गरेका छन्।

    नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योगीव्यवसायीहरुले अन्तःशुल्क ऐन व्यवसायीहरुको हितमा नरहेको भन्दै तत्काल परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

    परिसंघका अध्यक्ष हरिभक्त शर्माले राष्ट्रको समुन्नतिमा योगदान दिन सक्ने कानून निर्माण गर्न सरकारसँग माग गरिएको स्पष्ट पारे। उनले कानूनमा समय सापेक्ष सुधार नभएकै कारण मुलुकको उद्योग व्यवसाय फष्टाउन नसकेको दावी गरे।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योगीहरुलाई समस्या पार्ने सबै खालको कानून संशोधन र खारेज गर्न माग गरिएको बताए। उनले उद्योग संचालनका लागि आवश्यक जग्गा खरिद प्रक्रिया सम्बन्धि कानूनमा हुने जटिलता तत्काल हटाउन पनि सरकारसँग आग्रह गरे।

    उद्योगी व्यवसायीहरुले जग्गा प्राप्ती ऐन, निकासी पैठारी नियन्त्रण ऐन, बोनस ऐन, वातावरण संरक्षण नियमावली समय सापेक्ष परिवर्तन गर्न नसके नेपालको उद्योग, व्यवसाय झनै जटिलतामा फस्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij