शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बुथ कब्जा मुख्य चुनौती

  • प्रकाशित मिति : शनिबार, मंसिर ९, २०७४



  • प्रतिनिधिसभा र प्रदेससभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतपरिणाम आफ्नो पक्षमा ल्याउन राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ ।

    स्थानीय प्रशासन र सुरक्षा संगठनले निर्वाचन नहुने अन्य जिल्लाका समर्थक निर्वाचन हुने जिल्लामा पुगेर सुरक्षा चुनौती थप जटिल बनाउने विश्लेषण समेत गरेका छन् । यो आजको नागरिकमा केपी ढुंगानाले लेखेका छन् ।

    सुरक्षा चुनौती चिर्न पर्याप्त तयारी भएको गृहमन्त्रालयले जनाएको छ । सुरक्षा व्यवस्था कायम गर्न नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र म्यादी गरी चार लाख सुरक्षाकर्मी खटिएका छन् र ३२ जिल्लाको सुरक्षा अवस्थाका आधारमा ७ सय मतदान स्थल अति संवेदनशील सूचीमा छन् ।

    भौगोलीक अवस्था,निर्वाचनमा सहभागी दलका उम्मेदवारको गतिविधि र निर्वाचनविरोधी समुहको प्रभावका आधारमा यी क्षेत्रको पहिचान गरिएको हो । संवेदनशील सूचीमा रहेका मतदान स्थलको संख्या पनि लगभग त्यति नै छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij