शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अपरिचित नम्बरबाट आएको कल नउठाउन टेलिकमको आग्रह

  • प्रकाशित मिति : सोमवार, मंसिर ११, २०७४



  • काठमाडौं, मंसिर ११ । अपरिचित नम्बरबाट फोन गरेर धम्की दिने, फिरौती माग्ने, चिट्ठा परेको झुटा जानकारी दिने जस्ता गतिविधि बढेकाले त्यस्ता कल नउठाउन नेपाल टेलिकमले ग्राहकलाई आग्रह गरेको छ ।

    ओटिटी सेवा प्रयोग गरी ‘अननोन’, ‘नो कलर आइडी’, ‘०१२३४५६’, ‘१२३४५६’, ‘८८८८८८८८८८’ जस्ता अपरिचित नम्बर देखिने गरी आउने कल नउठाउन टेलिकमले आग्रह गरेको हो । ‘त्यस्ता अपरिचित नम्बरबाट आउने कलबाट धम्की दिने, पैसा माग्ने, चिट्ठा परेको झुटा जानकारी दिएर ठग्न खोज्ने भएकाले त्यस्ता नम्बर नउठाउन ग्राहकलाई आग्रह गरिएको हो,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘उपभोक्ता नठगिउन् र झुटा कुरामा नफसुन् भनेर त्यस्ता नम्बर देखिने कल नउठाउन आग्रह गरिएको हो ।’

    त्यस्ता कललाई उपभोक्तासम्म पुग्नै नदिनसमेत टेलिकमले आफ्ना क्यारियरलाई आग्रह गर्ने वैद्यले जानकारी दिइन् । ‘कहाँकहाँबाट यस्ता कल आएका छन्, त्यसलाई हेरेर नम्बर ब्लक गर्न आग्रह गर्नेछौं,’ वैद्यले भनिन् । –नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij