मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातबाट मौन अवधि सुरु हुँदै

  • प्रकाशित मिति : सोमवार, मंसिर १८, २०७४



  • काठमाडौं, मंसिर १८ । मंसिर २१ हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसारका लागि आज अन्तिम दिन हो । राजनीतिक दल र विभिन्न उम्मेदवारले आज मध्यरात १२ बजेसम्म प्रचार गर्न पाउने छन् ।

    मध्यरात १२ बजेपछि मौन अवधि शुरु हुनेछ । मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, समाजिक सञ्जालसमेतमा पनि प्रचार गर्न पाइने छैन ।

    यता, निर्वाचन आयोगले भने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगले सबैलाई सचेत पनि गराएको छ ।

    ४५ जिल्लामा हुने निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ तथा प्रदेश सभातर्फ सातै प्रदेशमा गरी २ हजार ८ सय १९ उम्मेवार प्रतिस्पर्धामा छन् ।

    यस चरणमा प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले भाग लिदैंछन् ।

    युरोपेली युनियन, कार्टर सेन्टरलगायतका अन्तर्राष्ट्रिय संस्थाका ४ सय पर्यवेक्षक तथा राष्ट्रियरुपमा ५२ संस्थाका ४५ हजार पर्यवेक्षकले अनुमति लिएका छन् । १५ हजार ३ सय ४४ मतदान केन्द्रमा ७ देखि ९ जनाको दरले १ लाख ७५ हजार कर्मचारी आयोगले खटाएको छ ।

    सरकारले भने निर्वाचनका समयमा गम्भीर सुरक्षा खतरा देखिएमा कडा कारवाही गर्न सुरक्षाकर्मीलाई अख्तियारी दिएको छ । एकपछि अर्को गर्दै लगातार बम विष्फोट र आक्रमणका घटना नरोकिएपछि सरकार कडा ढंगले पेश भएको हो ।

    निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिइएको गृहसचिव मोहनकृष्ण सापकोटाले प्रष्ट गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij