शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सवारी दुर्घटनामा एकजना गम्भीर घाइते

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २६, २०७४



  • काठमाडौं, मंसिर २६ । राजधानीमा गएराति भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । बालाजुबाट ढुंगेधारा जाँदै गरेको अवस्थामा राति ९ः४५ बजे ट्याक्सीलाई निजी पिकअपले ठक्कर दिएपछि मोटरसाइकलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक युवक घाइते भएका हुन् ।

    प्रहरीका अनुसार पाल्पा घर भएका वर्ष ३० खेमबहादुर बुढाथोकी घाइते भएका हुन् । उनको टाउको र खुट्टामा चोट लागेको तथा बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । बुढाथोकीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

    योसँगै विगत २४ घण्टामा राजधानीमा २२ वटा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    त्यस्तै विगत २४ घण्टामा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने १,६९५ चालकलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेहरुमा मापसे गरी सवारी चलाउने ७५ जना छन् भने लेन नियम उल्लंघन गर्नेको संख्या ४११ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij