प्रकाशित मिति : आइतवार, पुस २, २०७४
मधु पौडेल , बाँके । बाँकेमा कृर्षकहरुले कृषि उत्पादनको विषयमा अवलोकन , भ्रवण तथा अनुभव आदनप्रदान गरेका छन । राप्ती सोनारी गाउँपालिकाको विनौना १ शान्तिपुर र बजैनाथ गाउपालिका टिटिरिया ८ मा कृषि अवलोकन भ्रमण गरिएको थियो ।
युरोपियन युनियन तथा डय्न चर्च एड को सहयोग तथा क्षेत्रिय खाद्य सुरक्षा परियोजना अन्र्तगत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाकेको आयोजनामा सो कृषि अवलोकन तथा भ्रमण कार्यक्रमको आयोजना गरीएको थियो । भ्रमणमा टिटिहिरिया, महादेवपुरी,चिसापानी,नौवस्ता तथा विनौनाका किसान समुहका करिव २१ बढि अगुवाहरुको उपस्थिति रहेको परियोजनाका फिल्ड अधिकृत लक्ष्मण विकले जनाकारी दिनु भयो । 
विनौना १ शान्तिपुरमा गौड्यौला मल प्रदर्शन को अवलोकन गरेको थियो । उक्त अवलोकनमा उपस्थित किसान अगुवाहरुले गौड्यौला मल उत्पादन गर्दै आउनु भएकी किसान धनी वलीले कसरी गड्यौलाको सहयोगबाट मल उत्पाद गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो भने उपस्थित किसानहरुले जिज्ञसाहरु राखेका थिए । यसै गरी उक्त अवलोकन टोलीले बजैनाथ गाउपालिका टिटिरियामा रहेको आलुखेतीको अवलोकन गरेको परियोजनाका फिल्डअधिकृत विकले जनकारी गराउनु भयो । उक्त भ्रमणबाट आफुहरुमा अझै खेतिकिसानी प्रतिको मोह बढेर आएको सहभागीहरुले जनकाएका थिए । 
उक्त अवलोकनको संयोजत्व परियोजनाका कार्यक्रम संयोजक पे्रम बहादुर विकले गर्नु भएको थियो । अवलोकनमा उपस्थित जानकी गाउँपालिका कृषि प्राविधिक अमरराज आर्चाय, सोही गाउपालिकाका पशु प्राविधिक दिल बहादुर खड्का, तथा डुडुवा गाउँपालिकाका कृषि प्राविधिक निर्मल रेग्मीले समेत सहजीकरण गर्नु भएको थियो । अवलोकन भ्रमण पौष २ गते समापन भएको परियोजनाका फिल्ड अधिकृत विकले जनकारी गराउनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij