प्रकाशित मिति : बुधबार, पुस ५, २०७४
चीनबाट नेपालमा रेल भित्र्याउने योजनालाई उच्च महत्व दिएका एमाले अध्यक्ष केपी ओली आफू सरकार प्रमुख भएपछि यही विषयलाई प्राथमिकता दिने सन्देश दिन मंगलबार रसुवागढी नाका पुगेका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा करिक दुई तिहाइ सिट जितेको वाम गठबन्धनका तर्फबाट चाँडै सरकारको नेतृत्व गर्ने तयारीमा रहेका ओलीले आफ्नो प्राथमिकता सूचीको पहिलो नम्बरमा नेपालमा रेल भित्र्याउने योजनालाई राखेका छन्। मंगलबार नेपाल-चीन जोड्ने मितेरी पुल आएका ओलीसहितका एमाले नेताहरूले रेल आउने बाटो र रसुवागढी नाकाको अवस्थाबारे जानकारी लिए। ‘अबको केही वर्षमा रसुवागढी नाकाबाट रेल को बाटो निर्माण हुन्छ,’ अध्यक्ष ओलीले भने,‘रसुवागढी-काठमाडौं-लुम्बिनी-पोखरा जोडिने रेलमार्ग जतिसक्दो चाँडो निर्माण गरिन्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij