शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बाँझिएको काँसघारी बन्यो काउलीबारी, अर्ग्यानिक तरकारी उत्पादन गरी मालामाल

  • प्रकाशित मिति : शुक्रबार, पुस ७, २०७४



  • काँकडभिट्टा, पुस ७ । मेचीनगर–९ लीलाबस्तीमा १२ बिगाहा जग्गा भाडामा लिएर केही युवाले अर्ग्यानिक कृषि फार्म शुरु गरेका छन् ।

    युवाले स्थापना गरेको सो ‘फोइडिटा कृषि फार्म’ले उत्पादन गरेको पहिलो बालीका रुपमा काउली, बन्दागोभी र रायोको साग बजारमा ल्याइसकेको छ ।

    ‘हाम्रा सबै उत्पादन विषादीरहित हुन्छन्,’ फार्मका सञ्चालक धुलाबारी निवासी तेजबहादुर आचार्यले भने, ‘सबैको साथ पाए नमूना कृषि फार्मका रुपमा मुलुकभर चिनाउने योजना छ ।’

    आचार्यसँगै रामहरि नेपाल, तेजबहादुर आचार्य, धननारायण श्रेष्ठ, इन्दिरा कार्की, राजेन्द्र कडरिया, चिरञ्जीवी भट्टराईलगायत समूहले रु २२ लाखको लागतमा यसैवर्षदेखि फार्म शुरु गरेको हो ।

    अनुत्पादक कासघारीका रुपमा रहेको बाँझो जमिन भाडामा लिएर उनीहरुले तरकारी उत्पादन गरेका हुन् । उत्पादन भएको काउली र रायो फार्मबाटै बिक्री भइरहेको सञ्चालक चिरञ्जीवी भट्टराई बताउँछन् ।

    फार्ममा लसुन, आलु, खुर्सानीलगायत तरकारी हुर्किरहेको छ । छिट्टै हाइटेक टनेल निर्माण गरेर बाह्रमासे सब्जी र नर्सरी उत्पादनको तयारी भइरहेको उनले बताए ।

    फार्ममा झापा, सोलुखुम्बु र ताप्लेजुङका गरी १६ जना जेटिएका विद्यार्थी अध्ययनरत छन् । उनीहरुले फार्ममै अध्ययन तथा बालीको रेखदेख र स्याहार गर्दैआएको सञ्चालक रामहरि नेपालले बताए । उनी भन्छन्, ‘बजारको समस्या छैन ।’ (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij