शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कैलालीमा ट्रक दुर्घटना, चालकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, पुस ८, २०७४



  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको मुडाबजार सडकखण्डमा आज बिहान ना ६ ख १९९० नंको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय सडकपुरबौनिया (कैलाली)का प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले सडकबाट चिप्लिएर छेउको नालीमा ठोक्किएर भएको ट्रक दुर्घटनामा परी चालक दाङ जिल्ला लमही नगरपालिकाका हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

    सहचालक लमही नगरपालिकाकै अनिल चौधरी गम्भीररुपमा घाइते भएका छन्। घाइतेलाई तत्काल बर्दगोरिया अस्पताल बौनियामा उपचारका लागि लगिएकामा थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ।

    दाङबाट सिमेन्ट लिएर धनगढीतर्फ आउँदै गरेको सो ट्रक आज बिहान बाक्लो हुस्सुका कारण अचानक सडकबाट चिप्लिएर दुर्घटना हुन पुगेको प्रहरी निरीक्षक शाहीले बताए।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij