प्रकाशित मिति : शनिबार, पुस ८, २०७४
मृत्यु हुनेमा स्याङ्जा जिल्ला घर भई हाल शुक्लागन्डकी नगरपालिका–५ डेरा गरी बस्ने १९ वर्षीय चालक सुमन ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए ।
ठक्करबाट गम्भीर घाइते भएका ठकुरीको दुलेगौँडास्थित जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । उपचारकै क्रममा राति २ः३० बजे ठकुरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।
पोखराबाट दमौली आउँदै गरेको ना ज ख ७०३० नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ग१३प ४१६० नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक ठकुरीको मृत्यु भएको हो ।
ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij