शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बाँकेमा किसानहरु कृषी व्यवसायी बन्दै

  • प्रकाशित मिति : शनिबार, पुस ८, २०७४



  • २०७४÷०९÷०८-मधु पौडेल , बाँके । बाँकेमा किसानहरु कृषी व्यवसायी बन्दै गएको एक अवलोकन भ्रमणले देखाएको छ । नेपाल राष्ट्रिय दलित समाज संघ  तथा युरोपियन युनियन र  ड्यन र्चचको आर्थिक सहयोगमा  सञ्चालनमा आएको  क्षेत्रिय खाद्य सुरक्षा सुसासन परियोजना कार्यक्रम अन्र्तगतको अवलोकन तथा अनुभव आदानप्रदान गर्ने क्रममा बाकेको वैजनाथ गाउँपालिको टिटिरिया –१ मा कार्यक्रमले सहयोग गरी थारु आलु उत्पादन गरेको  क्षेत्रमा अवलोकन हुदाँ त्यहा किसानहरु कृषीमा व्यसायीकरणको लागि निकै आतुर भएको देखिन्छन ।

    संघको सहयोगमा आफुले थारु आलु  खेती गर्दा निकै खुशी भएको बताउनु हुन्छ कृषक विश्राम थारु । कृषक थारुले कृषिबाट उत्पादन भएको तरकारीको लागि बजारीकरणको थोरै आवश्यकता भएको बताउनु भयो । अवलोकनकै क्रममा टिटिरया –१ की अगुवा कृषक सोनु विकले उक्त क्षेत्रको कृषक समुहले गरेका काम तथा समस्या र सिकाईका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

     

    अवलोकन टोलीले खजुरा गाउपालिका –१ को बहादुरमा पनि अवलोकन गरेको संघका फिल्ड अधिकृत लक्ष्मण विकले बताउनु भयो । अवलोकनका क्रममा परियोजनाका कार्यक्रम संयोजक पे्रम बहादुर विकले अवलोकनको उदेश्यका बारेमा प्रकाश पार्नु भएको  थियो । कार्यक्रममा जिल्ला खाद्य अधिकार संजाल बाकेका संयोजक घनश्याम आर्चायले किसानहरु व्यवसायी बन्दै गएका हुदाँ अवका दिनमा किसानले हामी कोहौ, हामीले के गर्ने तथा हाम्रो अधिकार के हो भन्ने कुरामा चोसो दिनु पर्ने बताउनु भयो । अवलोकन भ्रमणमा उपस्थित गाउँपालिका सदस्य योगमाया खनालले थारु आलु भनेको आफ्नो पुर्खा देखी खादै आएको र अन्य आलुको दाजो निकै राम्रो भएको हुदाँ खजुराका कृषकहरुलाई पनि थारु आलुको बारेमा जानकारी गराएर यसप्रतिको आकर्षण बढाउने प्रतिवद्धता जनाउनु भयो ।

    यसै गरी अवलोकन भ्रमणमा उपस्थित क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका कृषि वैज्ञानिक रामदास चौधरीले अहिलेको समयमा नयाँ विउ विजनहरु उत्पादन भएको हुदाँ त्यसप्रति पनि किसानहरु जागरुक हुनु पर्ने बताउनु भयो ।यसै गरी जिल्ला कृषि कार्यलय बाकेका धनबहादुर पुनले किसानको कुनै पनि समस्यलाई जिल्ला कृषि कार्यलय सधै सहयोगको लागि तयार रहेको बताउनु भयो भने उहाले १६६०८१५२०००  टोल फ्रि नम्वर नेपाल टेलिकमको सिम र  ल्याण्ड लाइनमा फोन गरी कुनै पनि समस्यका बारेमा बुझ्न सकिने बताउनु भयो ।

    यसैगरी राष्ट्रिय कृषक समुह महासंघका मेराज  बागवानले कृषकको महत्व निकै भए पनि अहिले सम्म कृषकको महत्व कसैले नबुझेको बताउनु भयो , निर्देशित मलहरु प्नि कसरी प्रयोग गर्ने भन्ने कुरा थाह नहुदाँ कृषीमा उत्पादनमा कमी आएको बताउनु भयो । अवलोकन भ्रमणका उपस्थित हुनु भएकी खजुरा बजार संकलनका अध्यक्ष कमला न्यौपानेले कृषकले बजारको बारेमा चिन्ता नलिनु पर्ने बताउदै कृषकले उत्पादन गरेको कृषि उत्पादनको खपत खजुरा बजार संकलनले गर्ने बताउनु भयो ।अवलोकन भ्रमणमा पत्रकार ,विभिन्न सरकारी ,गैर सरकारी संघ संस्थाका प्रनितिधि लाएतको उपस्थित रहेको परियोजनाका फिल्ड अभिकृत विकले जानकारी दिनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij