प्रकाशित मिति : सोमवार, पुस १०, २०७४
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले चार दशकभन्दा लामो अवधिदेखि निरन्तर उडिरहेका ‘ट्विनअटर’ जहाज पूर्ण रुपमा विस्थापन गर्ने भएको छ। यो खबर सुशील भट्टराईले आजको नागरिकमा लेखेका छन्।
निगमले २०२८ साल (सन् २०७१) मा पहिलो पटक ट्विनअटर जहाज सञ्चालनमा ल्याएको थियो। त्यसयता निरन्तर उडिरहेका जहाज विस्थापन गर्न लागेको हो।
हाल निगमसँग तीन थान ट्विनअटर जहाज छन्। तर, एउटाले मात्र उडान गरिरहेको छ भने दुईवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन्। मर्मतपछि ती दुईटा पनि उड्न सक्छन्।
निगमले ट्विनअटर पूर्णरुपमा विस्थापन गर्नुअघि तिनको सट्टा अत्याधुनिक प्रविधिजडित चार थान ‘भाइकिङ’ जहाज ल्याउने तयारी गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij