शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

इमिरेट्स एयरलाइन्सको विमान ट्युनिसियामा अवतरण गर्न प्रतिबन्ध

  • प्रकाशित मिति : सोमवार, पुस १०, २०७४



  • काठमाडौं, पुस १० । ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (युएई) को इमिरेट्स एयरलाइन्सको विमानलाई आफ्नो देशमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ ।

    आफ्नो देशका केही महिलालाई विमान चढ्न नदिएपछि ट्युनिसियाले इमिरेट्स एयरलाइन्सको विमानलाई ट्युनिसमा अवतरण गर्न नदिएको हो ।

    ट्युनिसियाली महिलालाई विमान चढ्न नदिनु रंगभेदी तथा विभेदकारी भएको भन्दै अधिकारवादी संस्थाले विरोध गर्दै आएका थिए ।

    यो घटनाले ट्युनिसियाभर असन्तुष्टि बढेपछि इमिरेट्स एयरलाइन्सको विमानलाई अवतरण गर्न नदिइएको बताइएको छ ।

    कानुनको पालना तथा अन्तर्राष्ट्रिय सम्झौता अनुसार उडान भर्न तयार नभएसम्म इमिरेट्स एयरलाइन्समाथिको प्रतिबन्ध कायम रहने ट्युनिसियाको यातायात मन्त्रालयले जनाएको छ ।

    तर युएईले भने सुरक्षाका कारण ट्युनिसियाको उडान रोकिएको दाबी गरेको छ ।

    दुबई एयरपोर्टमा ट्युनिसियन महिलालाई इमरेट्स एयरलाइन्सले गएको केही दिनदेखि चढ्न रोक लगाउने गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    सुरक्षाका कारण यस्तो केही समस्या भएको तर ट्युनिसियन महिलालाई आफ्नो देशले पूर्ण सम्मान गर्ने युएईले बताएको छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij