आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘ह्युम पाइप’ राख्दा बाग्लुङ-बुर्तिवाङ सडकखण्डमा पर्ने १३ घर जोखिममा

  • प्रकाशित मिति : मङ्लबार, पुस ११, २०७४



  • बाग्लुङ, पुस ११ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बाग्लुङ–बुर्तिवाङ सडकखण्डमा पर्ने १३ घर जोखिममा परेका छन् ।

    राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको सो सडकखण्डमा ढल निकासका लागि ह्युम पाइप राख्दा १३ घर परिवार जोखिममा परेका हुन् ।

    बाग्लुङ नगरपालिका वडा नम्बर ३ मा सडक चौडा बनाएर ढल निकासका लागि पाइप बिच्छाएपछि त्यहाँका स्थानीयले आफूहरु विस्तापित हुने अवस्थामा पुगेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    वस्तीभन्दा माथिबाट पाइप राख्दा वर्षाको समयमा भल बग्ने भएकाले त्यसको छिट्टै व्यवस्थापन गर्नुपर्ने माग स्थानीयको छ ।

    आफूहरुको समस्या समाधानको पहल कतैबाट नभएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् ।

    वस्तीनै जोखिममा पारेर भौतिक संरचना निर्माण गर्न नपाइने स्थानीयको भनाइ छ ।

    यता मध्य पहाडी लोकमार्गका क्लस्टर नम्बर १ का साइड इन्चार्ज यज्ञ शाहीले बस्तीलाई जोखिम नहुने गरी पाइपलाई सुरक्षित पर्खाल लगाएर निकास दिने बताए ।

    लोकमार्ग निर्माणका क्रममा अहिले नाली काट्ने, पाईप राख्ने, कल्र्भट निर्माण गर्ने र वाल लगाउने जस्ता काम भइरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij