शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जिप दुर्घटनामा एकजनाको मृत्यु, ३ को अवस्था गम्भीर

  • प्रकाशित मिति : मङ्लबार, पुस ११, २०७४



  • उदयपुर, पुस ११ । उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा मंगलबार अपराह्न बलेरो जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४५ वर्षीय कमलबहादुर मगर रहेको र दुर्घटनामा अरु तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    दुर्घटनामा परी घाइते हुनेमा रौतामाई–४ का गाडी चालक ३५ वर्षीय रत्न राई, सोही स्थानका ४६ वर्षीय भक्तबहादुर सार्की र ४० वर्षीया निर्मला राई रहेको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए ।

    घाइतेहरुको उद्धार कार्य जारी रहेको पनि उनले बताए ।

    रौतामाई गाउँपालिकाको सल्ले बजारबाट सुन्तला बोकेर आउँदै गरेको स१च १२२८ नम्बरको उक्त बलेरो जिप जितेनी पाखाको भिरमा अनियन्त्रित भई सडकबाट तीनसय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij