शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

खोटाङको हलेसीमा भीषण आगलागी, चार घर जलेर नष्ट, तीनमा आंशिक क्षति

  • प्रकाशित मिति : बुधबार, पुस १९, २०७४



  • खोटाङको हलेसी बजारमा भीषण आगलागी हुँदा कम्तिमा ७ घरमा क्षति पुगेको छ। चार घरमा पूर्ण र तीनमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राति साढे सात बजेपछि सल्केको आगोले राईसहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर पूर्णरुपमा क्षति पुग्याएको छ। यस्तै, प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राई लगायतको घर, पशल तथा होटलमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

    करिब तीन घण्टा पछि आगो नियन्त्रणमा आएको छ।

    आगलागीको कारण खुलेको छैन। घटनामा कुनै मानवीय क्षति नभएको र  क्षतीको बिस्तृत बिवरण आउन बाँकी छ।

    बस्तीबीचकै घर भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रकाशचन्द्र र रेगिन्द्रको घर आगो फैलिनबाट रोक्न भत्काएपछि आगो नियन्त्रणमा आएको हो।

    प्रहरी र स्थानीयबासीलाई सघाउन दिक्तेलबाट नेपाली सेना र शसस्त्र प्रहरी समेत हलेसी पुगेको थियो ।

    जयरामतर्फबाट हलेसी आउनेक्रममा मन्दीर प्रबेश गर्ने द्धार नजिकैको क्षेत्रबाट आगो सुरु भएको हो।

    आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट पठाइएको दमकल हलेसी नपुग्दै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij