प्रकाशित मिति : बिहिबार, पुस २०, २०७४
बर्षात ओली , काठमाडौं । राजधानीको बालाजुस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमजुङ पुरानोकोट-४ का २६ वर्षीय प्रेमबहादुर गुरुङ रहेको प्रहरी वृत्त बालाजुले जनाएको छ।
गएराति करिब साढे ११ बजे बालाजुबाट बनस्थलीतर्फ जाँदै गरेको बा ८४ प ६०१५ नम्बरको मोटरसाइकलले गुरूङलाई ठक्कर दिएको थियो।
गुरुङको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनापश्चात् फरार मोटरसाइकल चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij