शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुदूरपश्चिम–११ को विजयी सुरुआत

  • प्रकाशित मिति : शुक्रबार, पुस २१, २०७४



  • कैलाली, पुस २१ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले कैलालीको धनगढीमा शुक्रबारदेखि सुरु ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

    प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम–११ ले च्यासल युथ क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्‍यो ।

    जितसँगै सुदूरपश्चिम–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

    क्षेत्रीय रंगशालामा भएको खेलको निर्धारित् समयमा दुवै टिमले एक/एक गोलको बराबरी खेलेका थिए ।

    खेलको ७१औं मिनेटमा विदेशी खेलाडी सेगुनको गोलमार्फत् अग्रता कायम गरेपनि च्यासलले सो अग्रतालाई जोगाउन सकेन । ८५औं मिनेटमा घरेलु टिमका विनोद केसीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

    आयोजक टिमको पहिलो हाफको प्रदर्शन राम्रो रहेन । मध्यान्तरपछि केही आक्रमक देखिएको सुदूरपश्चिम–११ ले पाएका केही सुनौलो मौकालाई गोलमा परिणत गर्न सकेन ।

    सुदूरपश्चिम–११ का खेलाडीले गल्ती गरेपछि च्यासलले दोस्रो हाफमा एक पेनाल्टी प्रहार गर्ने मौका पाएको थियो । तर, सदुपयोग गर्न सकेन । उसका विदेशी खेलाडीको प्रहार गोलपोस्टभन्दा माथिबाट बाहिरिएको थियो ।

    खेलको ‘म्यान अफ द म्याच’ आयोजक टिमका गोलकिपर विनोद भट्टराई घोषित भए । पेनाल्टी सुटआउटमा च्यासलको पहिलो प्रहारलाई उनले रोकेका थिए ।

    १२ ओटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगिताअन्तर्गत् शनिबार सहारा युवा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij