शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगलाई बिक्री–वितरणमा रोक

  • प्रकाशित मिति : शनिबार, पुस २२, २०७४



  • गुणस्तर तथा नापतौल विभागले काभ्रेमा रहेका तीनवटा ग्यास उद्योगलाई उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ। विभागका निर्देशक मनोजकुमार उपाध्याय नेतृत्वको टोलीले शुक्रबार मापदण्डविपरीत सञ्चालन गरेको भन्दै सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा सिल गरेको हो। यो खबर राजकुमार गोलले आजको नयाँ पत्रिकामा लेखेका छन्।

    सरकारले ग्यास उद्योगले एनएस ५३३ अनिवार्य गुणस्तर तोकेको छ। तर, ती उद्योगले गुणस्तर कायम नराखेको विभागले जनाएको छ। उद्योग सञ्चालकहरूलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

    कुन ग्यास उद्योगमा के भेटियो ?

    सगरमाथा ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिन फारम भरेको, तर चिह्न प्राप्त नगरेको उपाध्यायले बताए। ‘सगरमाथाबाहेक अरू ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिन फारमसमेत भरेका छैनन्,’ उनले भने, ‘अब ती ग्यास उद्योगहरूले भरेका सिलिन्डरबाहेक अन्य सिलिन्डर भर्न र उत्पादन एवं बिक्री–वितरण गर्न पाउँदैनन्।’

    सगरमाथा ग्यास उद्योगका सञ्चालक अमृत अग्रवालले एक्कासि उद्योग बन्दा गर्दा उद्योगी र ग्राहकलाई समेत मर्का पर्ने भन्दै केही समय दिएर निश्चित मापदण्ड पूरा गरी सञ्चालन गर्न पाउनुपर्ने बताए। ‘एक्कासि उद्योग बन्द गर्दा उद्योगी र उपभोक्ता मारमा पर्छन्,’ अग्रवालले भने।

    काभ्रेको बनेपा नगरपालिका–१० थापागाउँमा रहेको सगरमाथा ग्यास उद्योग अमृत अग्रवाल, सूर्य ग्यास र चण्डेश्वरी ग्यास सुधीर पलाञ्चोके र विष्णुहरि कक्षपतिलगायतले सञ्चालन गर्दै आएका छन्। काभ्रेमा सगरमाथा, सूर्य, चण्डेश्वरी, उग्रचण्डी र हिमाल गरी पाँचवटा ग्यास उद्योग सञ्चालनमा भए पनि कुनैले नेपाल गुणस्तर प्रमाण चिह्न लिएका छैनन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij