शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘ऐन संशोधन, पूर्वाधारको विकास नगरी बेपत्ता छानबिन आयोगको म्याद थप्नुको औचित्य छैन’

  • प्रकाशित मिति : बुधबार, पुस २६, २०७४



  • काठमाडौं, पुस २६ । बेपत्ता नागरिक छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले ऐन संशोधन, कर्मचारीको उचित व्यवस्थापन र पूर्वाधारको विकास नगरेसम्म आयोगको म्याद थप्नुको औचित्य नरहेको बताएका छन् ।

    बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आयोगमा परेका ३ हजार ३९३ उजुरीमध्ये धेरैजसोको काम–कारबाही अघि बढिसकेको बताए ।

    उनले आयोगको म्याद थपको विषयमा कुनैपनि आधिकारिक सूचना आफूहरुले प्राप्त नगरेको र म्याद थपका लागि आफूहरुले सरकारसँग आग्रह पनि नगरेको स्पस्ट पारे ।

    सोही कार्यक्रममा न्यायका लागि द्वन्द्वपीडित पीडित समाजका अध्यक्ष जनक रावतले तीन वर्षसम्म कुनैपनि काम नगरेको आयोगको म्याद थप्न नहुने बताए ।

    म्याद थप्नका लागि आयोगले हालसम्ममा गरेका कामको प्रगति विवरण पेस गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij