शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अब काठमाडौंका यी भित्री सडकमा चारपांग्रे चलाउन दिनभर निषेध

  • प्रकाशित मिति : बुधबार, पुस २६, २०७४



  • काठमाडौं, पुस २६ । काठमाडौं महानगरपालिकाले सातओटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपांग्रे सवारी–साधन प्रवेश गर्न निषेध गर्ने भएको छ ।

    कामपाले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ऐतिहासिक, साँस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भित्री सडकमा चारपांग्रे सवारी–साधन गुड्न रोक लगाउन लागेको जानकारी दिएको हो ।

    कामपाका वडा नम्बर–१७, १८, १९, २२, २४, २५ र २७ भित्री क्षेत्रका सहर भएको हुँदा सो क्षेत्रभित्र रहेका सम्पदा बचाउन चारपांग्रे सवारी निषेध आवश्यक रहेको कामपाका उपप्रमुख हरिप्रभा खड्गीले बताइन् ।

    ‘सम्पदाको संरक्षण गर्ने कार्य एकातिर छ भने अर्कोतर्फ बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ, त्यसैले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म यात्रीको चाप कम हुने भएकाले उक्त समयमा भने चारपांग्रे यातायातका साधन उक्त स्थानमा सन्चालन गर्न सकिन्छ’–महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्माले भने ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रहरी निरीक्षक विदुरकुमार थापाले चारपांग्रे सवारी–साधनका कारण भित्री सडकका पैदलयात्रीले कष्टपूर्वक यात्रा गर्नुपरेकाले सो क्षेत्रमा चारपांग्रे सवारी–साधन निषेध गर्न आवश्यक रहेको बताए ।

    बिरामी, सुत्केरी ज्येष्ठ नागरिक बोकेको गाडी, एम्बुलेन्स र दमकललाई भने रोक नलगाइने कामपा वडा नम्बर–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

    भोटाहिटीबाट असनचोकसम्म चारपांग्रे सवारी–साधनलाई एकतर्फी निषेधित क्षेत्र बनाइएको छ ।

    यस्तै, नयाँ व्यवस्थाअनुसार नरदेवीबाट भेडासिङ हुँदै इन्द्रचोकसम्म तथा टेंगलबाट बांगेमुढा हुँदै भेडासिङ, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट थँहिटी हुँदै इन्द्रचोकसम्म एकतर्फी जान पाइनेछ ।

    साथै, इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिङ, ज्याठाबाट त्यौड, थँहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुसम्म चारपांग्रे सवारी–साधनलाई पूर्णरुपमा निषेध गरिनेछ ।

    बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म भने सबैखालका सवारी–साधन आवत–जावत गर्न पाउनेछन् ।

    कोही व्यक्ति वा संस्थालाई निषेध गरिएकै समयमा सवारी–साधनको आवश्यक परी सन्चालन गर्न परेमा वडा कार्यालय वा ट्राफिक प्रहरीसँग सम्पर्क गर्नुपर्नेछ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij