शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कोरियाबाट नेपाल फर्किने तयारीमा रहेका एक नेपाली युवक मृत फेला

  • प्रकाशित मिति : बिहिबार, पुस २७, २०७४



  • कोरियामा  एक नेपाली युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। महोत्तरी बर्दिवास घर भइ करिब ७ महिना पहिले कोरिया आएका प्रकाश थापा मगर बुधबार बिहान मृत फेला परेका हुन्। उनीसँगै काम गर्ने नेपालीलाई उद्धृत गर्दै एनआरएन कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरूङले सेतोपाटीलाई दिएको जानकारी अनुसार मगरलाई बुधबार बिहानसँगै कार्यरत नेपाली साथीहरुले झुन्डिएको अबस्थामा मृत फेला पारेका थिए।

    २५ वर्षीय मृतक मगर कोरियाको पोछनमा एउटा कृषि फारम कार्यरत थिए। उक्त फारममा ३ जना नेपाली कार्यरत छन्।  श्रोतका अनुसार कपालको रौँ झर्ने समस्या भएपछि उपचारको लागि नेपाल जान गत मंगलबारको टिकटसमेत लिएका थिए। हिजै नेपाल जानुपर्ने मान्छे तर आज कोरियामै मृत अवस्थामा फेला परेका छन्।

    हाल मृतकको शब प्रहरीले नजिकैको अस्पतालमा राखेको छ। सँगै कार्यरत नेपालीलाई प्रहरीले सोधपुछको लागि प्रहरी चौकी लागेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij