शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दुई छोरा र गहनासहित बेपत्ता चैना अझै फेला परिनन्

  • प्रकाशित मिति : बिहिबार, पुस २७, २०७४



  • कञ्चनपुर, पुस २७ । छोरा र गहनासहित श्रीमती बेपत्ता भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६, कसरौलका २६ वर्षीय चेतु राना खोज्दै हिँडे पनि पत्तो लगाउन सकेका छैनन् ।

    ११ दिनअघि परिवारका सदस्यलाई जानकारी नै नदिई उनकी श्रीमती २२ वर्षीया चैनीदेवी राना दुई छोरासहित गहना र लत्ताकपडा बोकेर बेपत्ता भएकी हुन् । आफन्त र सम्भावित ठाउँमा श्रीमतीको खोजी गरे पनि फेला पार्न नसकेको चेतुले बताए ।

    ८ वर्षीय छोरा अजय र ६ वर्षीय छोरा अविसहित उनकी श्रीमती पुस १६ गते परिवारका सदस्य नभएको मौका छोप्दै घर छाडेर हिँडेकी हुन् । भएको गहना र छोरासहित श्रीमती भागेपछि निकै चिन्तित भएको रानाले बताए ।

    ‘माइतीसमेत गाउँमै छ,’ वडाध्यक्ष जगता रानाले भने, ‘भागेर जाने अरु ठाउँ नै छैन, कसैले बहकाएर भगाएर लगेका हुन सक्छ ।’

    श्रीमानसँग ठाकठुक पर्दा म पनि मर्छु, छोरालाई पनि मार्छु भन्ने धम्की दिइरहन्थिन्,’ छिकेकीसमेत रहेका अध्यक्ष रानाले भने, ‘यसै कारणले धेरै ठाउँमा खोजिसकेका छौँ, पत्तो लागेको छैन ।’

    खोजतलासका लागि परिवारका तर्फबाट नगरपालिकाको न्यायिक समिति र इलाका प्रहरी कार्यालय, झलारीमा समेत निवेदन दिइएको उनले बताए ।

    प्रहरीले समेत बेपत्ता रानाको खोजी गरिरहेको भए पनि हालसम्म फेला भने पार्न सकेको छैन ।

    चेलीबेटी बेचबिखनमा संलग्न दलालले बहकाएर लगेको आशंका परिवारजनले गरेका छन् । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij