शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

इटहरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, पुस २८, २०७४



  • सुनसरी, पुस २८ । सुनसरीको इटहरीमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

    को१०प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ का अरुण राईको दुर्घटनामा परी मृत्यु भएको हो ।

    राति करिब ११ः३० बजेतिर प्रहरीको गस्ती टोलीले ईटहरी उपमहानगरपालिका ६ स्थित सयपत्री टोल जाने बाटोमा उनलाई घाइते अवस्थामा फेला पारेको थियो । बिजुलीको पोलमा राईको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटेपछि उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको प्रहरीले जनाएको छ । राईको सोही प्रतिष्ठानमा उपचार हुँदा हूँदै मृत्यु भएको हो ।

    यता मोरङको बुढीगंगा गाउँपालिका २ बौराहामा साँझ ८ बजे मोटरसाइकलले ठक्कर दिंदा स्थानीय सोनादेवी माझी घाइते भएकी छिन् । माझीलाई दक्षिणबाट उतरतर्फ जांदै गरेको को१७प २३१८ नम्बरको मोटरसाइकलले साँझ ८ बजेतिर ठक्कर दिएको हो ।

    मोटरसाइकलको ठक्करबाट सामान्य घाइते भएकी उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको छ । मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीबाट खोजी भई रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij