शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रसुवामा आवास निर्माणका लागि १ हजार ९ सय ४२ जना जनशक्ति तयार

  • प्रकाशित मिति : शुक्रबार, पुस २८, २०७४



  • रसुवा, पुस २८ । रसुवामा भूकम्प प्रतिरोधी आवास निर्माणका लागि अहिलेसम्म एक हजार नौ सय सय भन्दा बढी जनशक्ति तयार भएको राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको छ ।

    भूकम्पपछि पुनर्निमाण कार्यमा दक्ष जनशक्ति उत्पादन गरि निजी आवास निमार्ण गर्न पुनर्निमाण कार्यालय र विभिन्न सरकारी तथा गैरसरकारी संस्थामार्फत तालिम संचालन गरिएको हो ।

    सञ्चालन गरिएको कार्यक्रमबाट जिल्लाका १ हजार ९ सय ४२ जनाले डकर्मी, सिकर्मीलगायतका तालिम लिएका छन् ।

    भूकम्पले भत्किएको घर एकैसाथ निर्माण गर्दा दक्ष जनशक्तिको अभाव हुँदै जाँदा कार्यालयले जिल्लाको विभिन्न स्थानमा तालिम सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिए ।

    ३२ महिनाअघि गएको भूकम्पले जिल्लाको करिब ९८ प्रतिशत घर पूर्ण क्षति भएपछि अहिले निर्माण हुने घर भूकम्प प्रतिरोधी बनाउनका लागि दक्ष जनशक्ति तयार पारिएको हो ।

    जिल्लामा हाल सम्म अठार प्रतिशत मात्र निजी आवास निर्माण भएको बताईएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij