प्रकाशित मिति : आइतवार, पुस ३०, २०७४
त्रिभुवन राजपथ अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा शनिबार दिउँसो स्करपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार मकवानपुरबाट काठमाडाैंतर्फ आउँदै गरेको बा १६ च ८७७३ नं को स्कारपियो सडकबाट खोल्चामा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा चितवन जिल्ला रत्ननगर नगरपालिका–७ का ३८ वर्षीय चालक भजुराम महतोको घटनास्थलमै ज्यान गएको हो।
सोही दुर्घटनामा चितवनस्थित सोही स्थानकी ३० वर्षीया खीमकुमारी महतो घाइते भएकी छिन्। घाइतेको धार्केस्थित शिवदर्शन अस्पताल धार्केमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
खाल्डाखुल्डी सडकमा तीव्र गतिमा गुडेको गाडी ८०० फिट तल खोलामा खसेर दुर्घटना भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij