शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

न्यानोको खोजीमा अशक्त किशोरी आसामा खातुन

  • प्रकाशित मिति : बिहिबार, माघ ४, २०७४



  • महोत्तरी, माघ ४ । घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् ।

    शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा देखा पर्छिन् । आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले पातलो मैलो कपडा लगाएर एक महिनादेखि जारी रहेको बाक्लो हुस्सु र शीतलहरले प्रभावित रहेको समयमा आसामा काम्दै सडकको पेटीमा आउँछिन् ।

    शारीरिकरुपले अपाङ्ग मुस्लिम किशोरी आसामा सरकारी सुविधाबाट वञ्चित छिन् । जन्मजात अपाङ्ग रहेकी आसामाको परिवारजनले अहिलेसम्म अपाङ्ग परिचयपत्र बनाउन सकेको छैन ।

    गाउँमा सिंहदरबार ल्याउने सपना देखाएर भोट लिएर गएका जनप्रतिनिधिहरुले अहिलेसम्म पनि अपाङ्ग परिचयपत्र बनाउनका लागि सहयोग नगरेको आसामाकी आमाले गुनासो गरिन् । जलेश्वरमा लगेर अपाङ्ग परिचयपत्र बनाएर ल्याउने भनेर स्थानीयतहमा कार्यरत कर्मचारीहरुले टार्दै आएको तर सो सम्भव नभएको उनकी आमाले बताइन् ।

    यस सम्बन्धमा गौशाला नगरपालिका–१० का वडाध्यक्ष शेष मोहम्मद जलिलले आफूले वर्तमान समयमा आसामा जस्ता अपाङ्गको हकहितमा सोचेर पनि गर्न नसकेको स्वीकार गरे ।

    एकसय दिनको अवधिमा कार्यालय व्यवस्थापन हुन नसकेका कारण राहत वितरणमा ढिलो भएको वडाध्यक्ष जलिलले बताए ।

    गाउँमै सिंहदरबार ल्याउने सपना देखाएर चुनाव जितेका नेता तथा कार्यकर्ताको समयमा ध्यान जान नसक्दा यस क्षेत्रका हजारौँ गरिब, दलित एवम् अपाङ्गहरु राहतको पर्खाइमा रहेका छन् । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij