शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

लिफ्ट प्रविधिमार्फत म्याग्दी नदीबाट ल्याइएको पानीले सिंचाइ

  • प्रकाशित मिति : शनिबार, माघ ६, २०७४



  • म्याग्दी, माघ ६ । म्याग्दीको बेनी नगरपालिका–२ खबराका किसानले लिफ्ट प्रविधिमार्फत म्याग्दी नदीबाट ल्याइएको पानीले सिँचाइ गर्न थालेका छन् ।

    २ सय ५० मिटर तलबाट गाउँमा पानी आउन थालेपछि खेतीपातीलाई आकासे पानीको भर पर्नुपर्ने उनीहरुको बर्षौंदेखिको बाध्यता अब अन्त्य भएको छ ।

    जिल्ला कृषि विकास कार्यालयको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत लिफ्ट प्रविधि जडानका लागि अनुदान उपलब्ध गराएपछि किसानले जिल्लामै पहिलो पटक लिफ्ट प्रविधिबाट सिँचाइ गर्न थालेका हुन् ।

    कृषि विकास कार्यालयको १० लाख र स्थानीय किसानको ७ लाख गरी १७ लाख रुपैयाँको लागतमा लिफ्ट प्रविधि जडान भएको अगुवा किसान चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    यसले व्यावसायिक तरकारी खेती गर्ने किसानलाई अझ बढी फाइदा हुनेछ ।

    लिफ्ट प्रविधिबाट आउने पानीले खबरा, पिपलडाँडा र सिम्ले क्षेत्रका ३५ घरधुरीलाई प्रत्यक्ष रुपमा फाइदा पुग्नेछ । अझै ३ सय मिटर पाइप अभाव रहेको किसानको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij