शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सल्यान दुर्घटना अपडेट : मृतक चारमध्ये २ को सनाखत, ११ गम्भीर

  • प्रकाशित मिति : सोमवार, माघ ८, २०७४



  • सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका ६ बैघारेखोलामा बस दुर्घटना हुँदा मुत्यु भएका चारमध्ये दुईजनाको सनाखत भएको छ । रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका १० कि ६५ वर्षीया छन्चरी बिकको सनाखत भएको हो ।

    अरू दुई जना पुरुषको सनाखत भैनसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् जसमध्ये ११ को अवस्था गम्भीर छ ।

    रुकुमबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको कालिकामालिका यातायातको बस सोमबार दिउँसो २ः२० मा सडकबाट खोलामा खस्दा ४ जनाको मृत्यु भएको हो ।

    बस सडकबाट डेढ सय मिटर तल बस खसेको छ । बसमा कति जना सवार थिए भन्ने एकीन नभएको सल्यानका प्रहरी प्रमुख डीएसपी भरतबहादुर बिकले जानकारी दिए ।

    घाइतेहरूको श्रीनगरको मोडल अस्पताल, कान्तिपुर मेडिकल र सल्यान जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij