बिनिता शर्मा , दाङ । दाङमा गएरातिदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराही दाङका अनुसार दाङमा ३ दशमलव २ मिमि मिटर वर्षा भएको छ।
आकाशमा बादल लागेको हुँदा थप वर्षा हुन सक्ने फिल्ड कार्यालय घोराहीका कर्मचारीले जानकारी दिए।
गएरातिदेखि मौसममा एकाएक परिवर्तन भएको र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि त्यसको प्रभावले चिसो बढेको छ ।
बुधबार बिहान ८: ४५ बजे जिल्लाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस रहेको जानकारी दिइएको छ।
लामो समयको अन्तररालमा हिउँदे वर्षा हुन थालेपछि दंगाली किसान भने हिउँदेबाली सप्रिने हुँदा खुसी भएका छन्। तर, हालसम्म फाटफुट मात्रै वर्षा भइरहेको हुँदा यो भने अपर्याप्त रहेको कृषक ले बताए।
